आइतबार, भाद्र २८ गते २०८३
images

काभ्रेस्थली घटना अपडेट : ४ जनाको विभत्स हत्या, युके जाने तयारीमा थिइन् सुनिता

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 576
    SHARES
  • काभ्रेस्थली घटना अपडेट : ४ जनाको विभत्स हत्या, युके जाने तयारीमा थिइन् सुनिता

    साउन १६  काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ ।

    images

    तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’

    घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ । मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।