आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 368
    SHARES
  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    साउन २५ काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ । 

    images

    आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेको पहाडी भू-भागहरूमा, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मौसम