शनिबार, भाद्र २७ गते २०८३
images

बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प

एक्सप्रेस पाना
भाद्र ४, २०७९ शनिबार
  • 415
    SHARES
  • बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प

    काठमाडौँ, ४ भदौ 
    बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।

    images

     यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।