आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजबाट यो ‘भाइरल रोड’ घुम्न स्थानीय प्रशासनको रोक

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 446
    SHARES
  • आजबाट  यो ‘भाइरल रोड’ घुम्न स्थानीय प्रशासनको रोक

    भदौ १३ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको छ लेनको कालो पत्रै सडकमा पर्यटकका लागि घुम्न रोक लगाइएको छ ।

    images

    टिकटक, भिडियो र फोटो खिँच्न आउनेहरुको भीडभाड बढेसँगै ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा घुम्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजबाट रोक लगाएको हो ।

    बुधवार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई घुम्न रोक लगाइने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको भिडका कारण कोरोनाको जोखिम बढेकाले यस्तो निर्णय गरिएको पाण्डेले बताए ।

    images