आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 292
    SHARES
  • आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने

    भदौ १९ काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

    images

    आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राती पनि प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम