आइतबार, कार्तिक १६ गते २०८३
images
images

 दुई करोड ३५ लाख राजश्व सङ्कलन    

एक्सप्रेस पाना
आषाढ २६, २०७८ शनिबार
  • 358
    SHARES
  •  दुई करोड ३५ लाख राजश्व सङ्कलन    

     
     लमजुङ, २६ असार   सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो ।     
         
    उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व सङ्कलन भएको यातायात शाखाका कम्प्युटर अपरेटर शशि न्यौपानेले बताउनुभयो । त्यस्तै उहाँका अनुसार रुट परमिट नवीकरणबाट रु तीन लाख ३८ हजार ६०० राजश्व सङ्कलन भएको छ भने सवारी जाँचपास, नवीकरण, बिलबुकबाट रु नौ लाख ८२ हजार ३५५, सवारी आयकारबाट रु १५ लाख ११ हजार ४०० र अन्य प्रशासनिक सेवाबाट रु चार लाख ८४ हजार राजश्व सङ्कलन भएको छ ।     
         
     त्यस्तै शाखाबाट जम्मा दुई हजार ३८० सवारी नवीकरण गरिएको छ । त्यस्तै ११४ वटा रुट परमिट नवीकरण गरिएको छ । एक सय १६ वटा सवारी जाँचपास भएको छ । मोटरसाइकल एक हजार ८९१, ट्र्याक्टर १३३, निजी पिकअप ४९, मिनी ट्रक १६, भाडा पिकअप ७९, निजी जिप ३१, भाडाबस मिनीबस ५०, निजी कार ५७, भाडा जिप १४, भाडा टिपर १४ नवीकरण भएको उक्त कार्यालयले जनाएको छ ।     
         
    त्यस्तै एक्साभेटर पाँच, निजी बस १०, भाडा ट्याक्सी १५, सरकारी मोटरसाइकल स्कुटर सात, सरकारी कार जिप भ्यान तीन, निजी ट्रक एक, एम्बुलेन्स नौ, अन्य सवारी तीनवटा सवारी नवीकरण गरिएको उक्त शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लावासीलाई यस शाखा स्थापना हुनुअघि पोखरा जानुपर्ने बाध्यता रहँदै आएको थियो । जिल्लामै यी सुविधा भएसँगै यहाँका सेवाग्राहीले सेवा लिन थालेपछि करसमेत बढ्न थालेको शाखाले जनाएको छ ।     
         
    डुम्रे–बेँसीशहर–लमजुङ खण्ड कालोपत्र सम्पन्न     
         
    लमजुङ–तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीशहर–लमजुङ खण्ड कालोपत्र तथा सडक स्तोरोन्ति सम्पन्न भएको छ । यस सडकखण्डतर्फ लमजुङको पाउँदीबजारबाट बेँसीशहरसम्मको १८ किलोमिटर सडकमा आवश्यक कालोपत्र र सडक स्तोरोन्तिको काम सम्पन्न भएको हो ।     
         
    लमजुङतर्फको यस सडकको विभिन्न स्थानमा जीर्ण हुँदै गएपछि यसको कालोपत्र ओभर गरिएको र हाल सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका इञ्जीनियर सुरज महर्जनले बताउनुभयो । उहाँले भन्नभुयो, “असुरक्षित सडकका कारण सवारी दुर्घटनासमेत बढे पनि अबदेखि भने सडक दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ । सडकको कालोपत्र रहेको ठाउँमाथि कालोपत्र हालिएको छ भने, नभएको ठाउँमा खाडल पुरेर त्यसमाथि कालोपत्र गरिएको छ ।”     
         
    डुम्रे–बेँसीशहर सडक आव २०५४ र ५५ मा कालोपत्र भएको थियो । सोपश्चात एकपटक पनि स्तरोन्नति र मर्मतसम्भार हुन नसक्दा जीर्ण बन्दै गएको यस सडकको कालोपत्र भएसँगै स्थानीयवासीदेखि सवारी चालक र यात्रुसमेत हर्षित भएका छन् । सडक राम्रो भएपछि सकारात्मक सन्देश जाने र लमजुङ पर्यटकीय जिल्लासमेत रहेकाले यहाँ आउने पर्यटक लोभिने पर्यटन व्यवसायीको भनाइ छ । यस सडक हुँदै हिमाली जिल्ला जाने पर्यटक तथा चक्रीय अन्नपूर्ण पदमार्ग जाने देश तथा विदेशका पर्यटकको आगमन हुने गर्दछ ।     
         
    विसं २०७७ वैशाखसम्म सक्नुपर्ने भए पनि सोही समयमा सम्पन्न हुन सकेन । हाल केही दिनअघि मात्र यस सडक सम्पन्न भएको सडक योजनाका इञ्जीनियर महर्जनले बताउनुयभो । यस सडक हाल एक लेनको रहेको छ । डुम्रे–बेँसीशहर सडक ४२ किलोमिटरको रहेको छ । गत वर्ष रु २३ करोड बजेट विनियोजित गरेकामा यस वर्ष रु ६० करोड बजेट सरकारले विनियोजन गरेको छ । यस सडक टु लेनको बनाउने कामसमेत अघि बढेको र यस वर्ष परेको बजेटले पुल निर्माण, सडक टुलेनकोलगायत काम हुने सडक डिभिजन कार्यालय दमौली तनहुँका प्रमुख अमित श्रेष्ठले बताउनुभयो ।   रासस   
     

    images