शनिबार, भाद्र २७ गते २०८३
images

लण्डनमा १२औँ नेपाली मेला, ढिकी र जाँतो पनि प्रदर्शन

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 407
    SHARES
  • लण्डनमा १२औँ नेपाली मेला, ढिकी र जाँतो पनि प्रदर्शन

    भदौ १४ काठमाडौं । तमुधिं युकेको आयोना  र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२औँ नेपाली मेला सम्पन्न भएको छ ।

    images

    आइतबार केम्पटन पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं युकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन् ।

    राजदूत रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र सम्वर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए ।

    images

    दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो । साभार न्युज कारखाना