भदौ १४ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले नफुटेर विद्रोह भएको बताएका छन् । भारतबाट करिब २ महिनाको उपचारपछि स्वदेश फर्किएका खनालले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अंकरवाद र व्यक्तिवादतर्फ लगेपछि पार्टीमा विद्रोह भएको उनले बताए ।
साथै विद्रोह नवनिर्माणका लागि भएको पनि बताएका छन् । मृगौलामा समस्या आएपछि उपचारका लागि भारत गएर सोमबार स्वदेश फिर्ता भएका उनले आफूले बोनसको जीवन पनि पाएको बताएका छन् ।
७१ वर्ष पार गर्दै गरेका उनले अब पार्टीको कार्यकारी पदमा नरहने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु विमानस्थल पुगेका थिए ।
.jpg)


