शनिबार, भाद्र २७ गते २०८३
images

पुनः तिनै तहको विज्ञापन खोल्दै शिक्षक सेवा आयोग

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 276
    SHARES
  • पुनः तिनै तहको विज्ञापन खोल्दै शिक्षक सेवा आयोग

    विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुन तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । आयोगले बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो ।

    images

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुराहुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको जनाएको छ ।

    आयोगले बार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने छ । आयोगका अनुसार चालु शैक्षिक सत्रको चैत्र मसान्तसम्म रिक्त हुने दरबन्दी विवरण केन्द्रले पठाउनसाथ विज्ञापन गर्ने तयारी थालेको छ ।

    images

    आयोगले वार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने छ । चालु शैक्षिक सत्रको चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरणल केन्द्रले पठाउनासाथा विज्ञापन गर्ने तयारी थालेको आयोगले जनाएको छ । आयोगले २०७८ माघमा संचालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी ३५ हजार ५५६ जना परीक्षार्थी मध्ये ३ हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए । सामान्य परीक्षा सफल भएका मध्ये माविका अधिकांश विषय शिक्षक नियुक्तिका लागि आयोगले सिफारिस गरिसकेको छ । आयोगले माविका सबै विषयको नितिजा प्रकाशन गरे लगत्तै निमाविको विषयगत नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।