काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका–७ घर भएका सोही ठाउँस्थित टि गार्डेनको गार्डका रूपमा काम गर्ने ५४ वर्षीय नन्दप्रसाद पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

