आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ घट्यो, कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 411
    SHARES
  • सुनको भाउ घट्यो, कति पुग्यो प्रतितोला ?

    भदौ १७ काठमाडौं । नेपाली बजारमा आज बिहिवार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको भने १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिवार) २०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा तोलामा २०० रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images

    त्यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।