भदौ १७ काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा हिक्मत महराले आफ्नो स्थान सुरक्षित बनाउन सकेनन् । दर्शकको भोटबाट विक्की अग्रवाल र सन्तोष थापा अन्तिम ३ मा अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महरा भने बाहिरिएको स्रोतले बताएको छ ।
भरतमणी पौडेलले भने निर्णायकहरूको छनौटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । यो रियालिटी शो को फाइनल असोज २ गते हुनेछ ।
तव्नै जना फाइनलिष्ट आजै गृह जिल्ला भ्रमणका लागि पुगेका छन् । अब, उनीहरूलाई दर्शकले फाइनलमा मात्र हेर्न पाउनेछन् ।’ भरतमणी ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका हुन् । यस्तै, विक्की भने सिक्किमबाट प्रतिस्पर्धा गर्न नेपाल आएका हुन् ।

