सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार
रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिईएको हो। बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद
कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ स्थित कोल्मुडा जंगलबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा वेश कैलालीले बरामद गरेको हो । बरामद बन्दुक ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको छ ।

