शनिबार, भाद्र २७ गते २०८३
images

महोत्तरीको बर्दिबासमा एकै रात ३ पसलमा चोरी

एक्सप्रेस पाना
मंसिर २४, २०७९ शनिबार
  • 279
    SHARES
  • महोत्तरीको बर्दिबासमा एकै रात ३ पसलमा चोरी

    शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चोरी भएको छ ।

    images

    बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो ।

    खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ  ।

    images

    त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई  हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।

    आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।

    आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए ।

    प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी  कार्यालय गौरिडाडाले जनाएको छ ।

    प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोरभित्र पसेको देखिएको छ ।