आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले कार्यदलमा सहमति

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 395
    SHARES
  • एमाले कार्यदलमा सहमति


    काठमाडौँ, २७ असार नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । केहीबेरअघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिनुभयो । 
    आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 
     एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । रासस

    images