शनिबार, भाद्र २७ गते २०८३
images

आजदेखि २२ दिने हिउँदे बिदा

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 326
    SHARES
  • आजदेखि २२ दिने हिउँदे बिदा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गरेको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गते (आज)देखि हिउँदे बिदा दिएको हो ।

    images

    त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

    प्रमुख दाहालले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । 

    images