शनिबार, भाद्र २७ गते २०८३
images

जन्मभुमी सहकारीद्वारा भुमेश्वरी माविलाई खेल सामाग्री प्रदान

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 380
    SHARES
  • जन्मभुमी सहकारीद्वारा भुमेश्वरी माविलाई खेल सामाग्री प्रदान

    मेलम्ची । जन्मभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेलम्वु-२ सिन्धुपाल्चोकले आफ्नाे सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा यस वर्ष भुमेश्वरी मा.वि. लाई विभिन्न खेल सामाग्री प्रदान गरेकाे छ । 

    images

    'सहकारीकाे माध्यम बाट बचत संकलन तथा ऋण लगानि गरि ग्रामिण अर्थतन्त्रलाई मजवुत वनाउन क्रियाशिल रहेका छाै र  हामी यहि समाजका उत्पादन र अंश भएका कारण हाम्राे नियमित व्यवसायिक क्रियाकलापका अलवा बिभिन्न सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आईरहेका छाै । आगामि दिनहरुमा पनि हाम्राे सहकारीकाे मुनाफाकाे निश्चित प्रतिशत पालिका भित्रकाे शिक्षा, स्वास्थ्य, महिला वालवालिका लगायतकाे क्षेत्रमा लगानि गर्ने र समाज विकासमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्न चाहान्छाै' अध्यक्ष गणेश गुराँगाइले बताए ।

    साथै जन्मभुमि सहकारी परिवार यस भुमेश्वरी मा. वि. विद्यालय प्रशासन सगकाे समन्वयमा विद्यार्थी हरुकाे शैक्षिक, शारिरिक तथा सर्वाङ्गिण विकासमा सहकार्य गर्न उत्सुक छाैं। आगामि दिनहरुमा विपन्न तथा जेहेन्दार विद्यार्थी हरुलाई छात्रवृति प्रदान गर्ने, अतिरिक्त कक्षा (काेचिङ) सञ्चालन गर्ने, शैक्षिक सामाग्री वितरण गर्ने लगायतका क्षेत्रमा हाम्राे संलग्नता रहने विश्वास दिलाउन चाहान्छाै ।' अध्यक्ष गुराँगाइले थपे ।

    images

    खेल सामाग्रीकाे विवरण
    फुटवल= २ वटा
    भलिवल= २ वटा
    भलिवल नेट= १ सेट
    ब्याटमिन्टन= २ सेट
    ब्याटमिन्टन कर्क= १ राेल
    चेस= २ सेट
    स्किपिङ् डाेरि = ८ सेट
    कुल मूल्य: रु १५,०००