शनिबार, भाद्र २७ गते २०८३
images

नेपालगञ्जमा खुकुरी प्रहरी गर्ने चार जना पक्राउ

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 207
    SHARES
  • नेपालगञ्जमा खुकुरी प्रहरी गर्ने चार जना पक्राउ

    बाँके प्रहरीले नेपालगञ्जमा तीन जना युवाहरूमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

    images

    हिजो दिउँसो नेपालगञ्ज ४ गणेशपुरमा तरुण दल नेपालगञ्जका सदस्य नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारी, राप्तीसोनारी २ का ३२ वर्षीय नारायण डाँगी, बैजनाथ ५ बस्ने प्रकाश रसाइली भन्ने तुल्सीराम सुनार र नेपालगञ्ज ६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा पक्राउ परेका हुन् । 

    बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई हिजै डुडुवाबाट पक्राउ गरिएको बताउनुभयो । प्रवक्ता घर्ती मगरले दुई समूहबीचको पुरानो रिसइबीका कारण घटना भएको बताउनुभयो ।  घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताउनुभयो । घाइतेहरूको लखनउमा उपचार भइरहेको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भीर छ ।