शनिबार, भाद्र २७ गते २०८३
images

हेलम्बुमा जलवायु परिवर्तनको कारण ,असरबारे अन्तरक्रिया कार्यक्रम

एक्सप्रेस पाना
माघ १, २०७९ आइतबार
  • 401
    SHARES
  • हेलम्बुमा जलवायु परिवर्तनको कारण ,असरबारे अन्तरक्रिया कार्यक्रम

    हेलम्बु । माघ १  सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनको कारण हेलम्बुमा परेको असरबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
    उत्तम अन्तरक्रिया कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनकै कारण हेलम्बुले प्राकृतिक परिवर्तन मात्र नभई महाविपत्ती भोग्नुपरेको बताउनुभयो । हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, हिउँ पर्नै छोड्यो, याकहरु लगायत लोप हुदै गएको बताउनुभयो साथै बाढी पहिरोबाट जनधनको क्षतिहुँदा राज्य बोल्न सकेको छैन ।

    images

    राज्यको नीति तथा कार्यक्रममा किन समेटिएन रु यो महाविपत्ती आउनुमा हेलम्बुको के दोष थियो र रु उहाँको प्रश्न थियोे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा।बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताउनुभयो । साथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्किले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

    हेलम्बुमा २०७८ असार १ र १५ गते आएको बाढीले पुर्याएको क्षतिको भिडियो प्रदर्शन पनि गरेको थियो भने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा।राधा वाग्ले, नास्ट्का पुर्व उपकुलपति डा।जिबराज पोख्रेलले जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

    images

    हेलम्बु गाउँपालिका र फाउन्डेसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जलवायु परिवर्तनको असर र न्यायका बिसयमा छलफल गरि सम्पन्न भएको हो ।