मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आयोजनमा कृषि वस्तुको अर्गानिक प्रमाणीकरण सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । तालिमको मंगलबार पुर्व कानुन तथा स्वास्थ्य मन्त्रि शेर बहारदुर तामाङले उद्घाटन गर्नुभयो । मंगलबार बाट सुरु भएको तालिम शनिबार सम्पन्न हुने कृषि शाखाका प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्व मन्त्री तामाङले यस क्षेत्रमा अर्गानिक प्रमाणिकरण गर्न कुनै पनि समस्या नहुने बताउनुभयो । उहाँले सहजै रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई अर्गानिक पालिकाको रुपमा घोषण गर्न सकिने बताउँदै यसका लागि गाउँपालिकाले थालेको कार्यको प्रशंसा गर्नुभयो ।
उहाँले पालिको सूचना केन्द्र तथा सिमाना गेट खाल्डेखोला बाट भित्रिने सामाग्रीमा उच्च निगरानी राख्न आग्रह गर्दै आवश्यक नरहेका कृषि उत्पादन आयत गर्न प्रतिबन्ध लगाउँदै निर्यात गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व मन्त्री तामाङले अर्गानिक प्रमाण सहितको कृषि वस्तु राष्ट्रिय बजार देखि अन्तराष्ट्रिय बजार सम्म निर्यात गर्न यो तालिम महत्वपुर्ण हुने बताउनुभयो । उहाँले स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिदैँ कोदोको रक्सि ब्राण्ड गर्नेकुरामा पालिका पनि लाग्नपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ३का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले किसानहरु संग हातेमालो गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आलु लगायत अन्य तरकारी बाली र कृषि बालिहरुलाई अर्गानिक बनाउँदै भोताङ लाई मात्र नभएर गाउँपालिकालाईनै अर्गानि गाउँपालिका अर्थात कृषि पर्यटनको माध्यमबाट अर्गानिक पालिकाको रुपमा परिचित गराउने उद्धेश्य अनुरुप अगाडि बढेको बताउनुभयो ।
भोताङमा करिब १५÷१६ वर्ष पहिले केहि किसानहरुले रासायनिक मल प्रयोग गर्ने गर्थे तर अहिले भने सरकारले अनुदानको रुपमा उपलब्ध गराउने रासायनिक मल विक्री वितरणको लागि अनुमति नदिएको र विभिन्न रसायन उन्नत नश्ल प्रवेशमा वडामा रोक लगाईएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । सो तालिममा ३५ जना कृषकहरुको सहभागिता रहेको छ भने प्रशिक्षणको मुख्य भुमिका अर्गानिक इनेस्पेक्टोर कपिल प्रजापति र राम्जीप्रसाद ढकालले गरिरहनुभएको छ । तालिममा सहभागिहरुले नेपाल सरकार तथा अन्तराष्ट्रिय मापदण्ड बमोजिमको प्रमाण पत्र पाउने गाउँपालिकाले जनाएको छ । तालिमको उद्घाटन सत्रमा प्रदेश सभाका प्रत्यासी हस्त पण्डित, वडा नम्बर २का निवर्तमान वडा अध्यक्ष पासाङ स्याङ्बा लगायत स्थानियको उपस्थिती रहेको थियो ।
.jpg)


