सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप अनुदान दिएको छ ।आज बुधबार एक कार्यक्रम मार्फत प्रतिहल १० हजारका दरले अनुदान दिन सुरु गरेको हो । कार्यक्रमका उद्घाटन सांसद मोहनबहादुर बस्नेतले खेतमा गोरु जोतेर गर्नुभएको हो ।
बाह्रबिसे नगरपालिका भित्र ७ सय ७६ हल गोरु रहेको र रैथाने कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरूप प्रति हल १० हजारका दरले ७७ लाख ६० हजार अनुदान दिइने पालिकाले बताएको छ ।
अनुदान पाउनुपुर्व हल गोरुको अनिवार्य विमा गराउनुपर्ने नियम नगरपालिकाले बनाएको छ । ट्याक्टरजस्ता प्रविधिको प्रयोगले भौगोलिक र प्राविधिक रूपमा जटिल हुने भएकाले नगरले अनुदान दिएर गोरुपालनलाई प्रोत्साहन गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो ।
गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतको भनाइ छ । बाह्रबिसे नगरपालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो ।
.jpg)


