शनिबार, भाद्र २७ गते २०८३
images

कुमार आचार्यद्वारा उत्कृष्ट २० विद्यार्थीका लागि स्टेशनरी सामान वितरण

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 275
    SHARES
  • कुमार आचार्यद्वारा उत्कृष्ट २० विद्यार्थीका लागि स्टेशनरी सामान वितरण

    सिन्धुपाल्चोकका कुमार आचार्यले आफ्नो जन्मदिनको तिथि पारेर उत्कृष्ट २० विद्यार्थीका लागि स्टेशनरी सामान वितरण गर्नुभएको छ । जनसुधार निम्न माध्यमिक विद्यालय सि.पा धुसेनीका कक्षा १ देखि ८ सम्मका २० विद्यार्थीलाई स्टेशनरी सामान वितरण गर्नुभएको हो । 

    images

    जनसुधार निम्न माध्यमिक विद्यालयमा आयोजित सरस्वती पूजाको अवसर पारेर उहाँले स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो । ‘जन्मदिनको अवसरमा जेहनदार विद्यार्थीका लागि हौसला स्वरूप केही स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छु यसमा खुसी छु,केही फरक र केही नयाँ गरौँ भन्ने जाँगरअनुसार नै गरेको हुँ’,उहाँले भन्नुभयो । 

    उहाँले जन्मदिनलाई उत्सवको रूपमा मनाउँदै समाजसेवामा लगाउन सके केही आनन्दको महसुस हुने बताउनुभयो । आचार्यले अब प्रत्येक वर्षको जन्मदिनलाई समाजसेवामा लगाएर मनाउने अठोट गरेको सुनाउनुभयो । उहाँले २० विद्यार्थीलाई कपि र कलम हस्तान्तरण गर्नुभएको थियो ।

    images