बुधबार, भाद्र २४ गते २०८३
images

युईएफए असिस्ट यू-१७ च्याम्पियनसीपका लागि प्रारम्भिक टोली घोषणा

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 222
    SHARES
  • युईएफए असिस्ट यू-१७ च्याम्पियनसीपका लागि प्रारम्भिक टोली घोषणा

    काठमाडौं । बंगलादेशमा हुने युईएफए असिस्ट यू-१७ महिला च्याम्पियनसीप २०२३ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणका लागि बोलाएको छ । 

    images

    दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ । बंगलादेशमा च्याम्पियनसीप मार्च २० देखि ३१ तारिखसम्म आयोजना गर्दैछ ।

    च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले प्रारम्भिक टोली घोषणा गरेकी हुन् । राणाको नेतृत्वमा यू-१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

    images

    एन्फाले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ ​​र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो ।

    प्रारम्भिक टोली:
    गोलकिपरः सुजाता तामाङ, राधिका ओली, पुष्पा रोकाया, करुणा बुढाथोकी

    डिफेन्डरः अमिता भुल, माया मास्के, झुमा विश्वकर्मा, विपना स्नेही, सीता रोकाया, लिला चन्द, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, दिपा मगर, सिमरन राई, रेणु लिम्बु चाबेगु 

    मिडफिल्डरः रुपा लिम्बु, दिलमाया घिसिङ, भावना परियार, विकास कुमारी चौधरी, सुमी हाङ्मा राई, सुक्रिया मिया, काजल स्याङ्तान, सुशीला केसी, पुनम चेम्जोङ।

    फरवार्डः सेनु परियार, दीपा रोकाया, वर्षा ओली, कविता गुरुङ

  • सम्बन्धित विषय:

  • # फुटबल