बुधबार, भाद्र २४ गते २०८३
images

वीरगञ्ज युनाईटेड र एभिनियर एफसी भिड्दै

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 185
    SHARES
  • वीरगञ्ज युनाईटेड र एभिनियर एफसी भिड्दै

    पाँचौं संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज हुने खेलमा क्यामरुनको एभिनियर एफसी र वीरगञ्ज युनाईटेड पर्साबीच खेल हुदैछ । पिप्ले–क्याम्पा रंगशालामा हुने खेल साझंको ३ बजे सुरू हुनेछ ।

    images

    यस खेलको विजेताले सेमिफाइनलमा प्रवेश गर्नेछ ।

    जारी प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, सातदोबाटो क्लब, नव जनजागुती युवा क्लब सिमरा, हिमालय शेर्पा क्लब ,बागमती युवा क्लब सर्लाही, मकवानपुर(११ , वीरगञ्ज युनाईटेड पर्सा , एनआरटी फूटब लक्लब र क्यामरुनको एभिनियर एफसीसहित कुल १२ टोलीको सहभागीता रहेको छ ।

    images

    प्रतियोगिताको विजेतालाई १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गरिने आयोजकले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल