बुधबार, भाद्र २४ गते २०८३
images

बार्सिलोना र युनाइटेड बराबरीमा रोकिए

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 265
    SHARES
  • बार्सिलोना र युनाइटेड बराबरीमा रोकिए

    काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लेगमा स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना र इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

    images

    बिहिवार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा सम्पन्न खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

    पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको यस खेलमा दोस्रो हाफमा चार गोल भएको थियो ।

    images

    खेलको ५०औं मिनेटमा बार्सिलोनाका लागि मार्कोस अलोन्सोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने त्यसको दुई मिनेटपछि नै म्यानचेस्टर युनाइटेडका मार्कोस राशफोर्डले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुलेज कुण्डेले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले खेलमा २-१ को अग्रता लिएको थियो ।

    त्यसपछि खेलको ७६औ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीको अवस्थामा ल्याएका थिए ।

    अब यी दुई बीचको दोस्रो लिग फेब्रुअरी २४ मा म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल