बुधबार, भाद्र २४ गते २०८३
images

इसीए टी-२० क्रिकेट प्रतियोगितामा एनसिसिले पनि सहभागित जनाउने

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 301
    SHARES
  • इसीए टी-२० क्रिकेट प्रतियोगितामा एनसिसिले पनि सहभागित जनाउने

    काठमाडौं । चितवनमा फागुन ११ गतेबाट सुरु हुने इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी२० क्रिकेट प्रतियोगितामा क्यानाडाको नेप्लिज क्यानडियन क्रिकेट क्लब (एनसिसि) फ्राइनचाइज टिममार्फत सहभागिता जनाउने भएको छ ।

    images

    नेप्लिज क्यानडियन क्रिकेट क्लबले क्यानाडामा मात्र नभएर अब हामी नेपाली मातृ भूमिमा पनी क्रिकेटको माध्यम बाट जोड़ीन र योगदान गर्न हामी यस प्रतियोगितामा जोड़ीएका हौ । यस प्रतियोितामा जोड़ीन पाउदा हामी हर्षित छौं क्लबले जनाएको छ ।

    प्रतियोगितामा एनसीसीका लागी नेपालका राष्ट्रीय खेलाड़ी गौतम केसीले गर्नेछन भने टीममा बिज्ञान पांडे, रबिन्द्र तिमिलसिना, नबीन यादव, लव्कि सापकोटा, सिरिश राखल, पारस घिमिरे, कृष्ण श्रेष्ठ, दीपेश कुमार छेत्रि, प्रशन्न बर्तौला, बिदुर पौडेल, सनस्कार देवकोटा रहेका छन् ।

    images

    इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाइको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।

    सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट