बुधबार, भाद्र २४ गते २०८३
images

मकवानपुर गोल्डकप : एभिनियर एफसी र हिमालय शेर्पा क्लब भिड्दै

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 218
    SHARES
  • मकवानपुर गोल्डकप : एभिनियर एफसी र हिमालय शेर्पा क्लब भिड्दै

    पाँचौं संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत आज सोमबार दोस्रो सेमिफाईनलमा एभिनियर एफसी क्यामरुन र ए डिभिजन क्लब हिमालय शेर्पा क्लब बीच खेल हुदैछ । दुई टिम बीचको खेल पिप्ले-क्याम्पा रंगशालामा दिउँसाेको ३ बजे देखि सुरु हुनेछ ।

    images

    एभिनियर एफसीले क्वाटरफाईनलमा वीरगञ्ज युनाइटेडलाई २-० ले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

    ए डिभिजन क्लब हिमालय शेर्पा क्लबले फ्रेण्डस् क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो।

    images

    आइतबार पहिलो सेमिफाइनल खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले फाइनलको यात्रा तय गरेको हो।

    मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १५ लाख र उपबिजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिता फागुन १९ गतेसम्म संचालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल