बुधबार, भाद्र २४ गते २०८३
images

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 270
    SHARES
  • स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई २२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन जोड्यो । 

    स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस माकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२ तथा लियाम नेयलरले २० रन बनाए । माइकल लिस्कले २९ रन बनाए ।

    images

    यता नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले सर्वाधिक ५ विकेट लिए भने टंगेनी लुङ्गामेनी २ विकेट तथा बेन सिकोन्गो र बर्नार्ड स्कोल्जले १/१ विकेट लिए ।

    जारी सिरिजमा नामिबियाले अघिल्ला ३ वटै खेलमा पराजित भएको थियो । दुई खेल खेलेको स्कटल्यान्डले भने एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नामिबियाले नेपालविरुद्ध २ तथा स्कटल्यान्डविरुद्ध १ खेलमा पराजय भोगेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल