काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिमा १६ को पहिलो लेगमा साविको विजेता रियल म्याड्रिडले लिभरपुलको सामना गर्दैछ ।
आज राति १:४५ बजेबाट सुरु हुने खेल लिभरपुलको घरेलु मैदान एनफील्डमा रियललाई आतिथ्यता गर्नेछ ।
गत सिजनको फाइनलमा रियलले लिभरपुललाई एक शून्य गोलले हराउँदै १४औं पटक च्याम्पियन बनेको थियो । रियलले यसअघि २०१७/१८ को सिजनमा रियलले लिभरपुललाई नै फाइनलमा ३-१ गोल अन्तरले हाएको थियो ।
रियल र लिभरपुल च्याम्पियन्स लिगमा हालसम्म ९ खेलमा एक अर्का विरुद्ध खेलेका छन् । जसमा रियलले ५ खेलमा जित निकालेको छ भने ३ खेलमा लिभरपुलले जित हात पारेको थियो । यस्तै एक खेल बराबरीमा सकिएको छ ।
यस्तै आजै राति सोहि समयमा हुने अर्को खेलमा जर्मन बुन्डेस लिगा फुटबल क्लब फ्रान्कफर्टले इटालियन सिरी ए फुटबल क्लब नापोलिको सामना गर्नेछ । यो खेल फ्रान्कफर्टको घरेलु मैदानमा हुनेछ ।


