काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलह्याम र वुल्भ्सले अंक बाँडेका छन् ।
शनिबार विहान सम्पन्न खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पाब्लो सर्वियाले २३औं मिनेटमा गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोलले पछि परेको फुलह्यामले दोस्रो हाफमा १ गोल फर्काउँदै बराबरी गरेको हो ।
मानोर सोलमनले ६४औं मिनेटमा गोल गर्दै फुलह्यामको हार टार्न सफल भए ।
उक्त बराबरीसँगै फुलह्याम ३९ अंकका साथ छैटौं स्थानमा रहेको छ भने वुल्भस २४ अंकका साथ १५ औं स्थानमा रहेको छ । प्रिमियर लिगमा आर्सनल ५४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर सिटी ५२ अंकका साथ दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ ।


