काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले बोर्नमाउथलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेज, एर्लिंग हाल्याण्ड, फिल फोडेनले एक एक गोल गरेका थिए भने एक गोल बोर्नमाउथका क्रिस मेपहामले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै बोर्नमाउथका लागि जेफेरसन लेर्माले एक गोल गरेका थिए ।
उक्त जितसँगै म्यानचेस्टर सिटीको २५ खेलमा ५५ अंक भएको छ र एक खेल कम खेलेको आर्सनलभन्दा २ अंकले पछाडी रहेको छ ।
यता पराजित बोर्नमाउथको भने २४ खेलमा २१ अंक छ र लिगमा १९औं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले खेलको ४६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै आर्सनलको २४ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पराजित लेस्टर सिटीको भने २४ खेलमा २४ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।


