बुधबार, भाद्र २४ गते २०८३
images

ओलम्पिक एसियाली छनोटका लागि प्रारम्भिक टोली घोषणा

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 234
    SHARES
  • ओलम्पिक एसियाली छनोटका लागि प्रारम्भिक टोली घोषणा

    काठमाडौं । आगामी पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

    images

    राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । प्रतियोगिताको बन्द प्रशिक्षण मार्च ३ बाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

    नेपालले प्रतियोगिता आयोजना गर्ने छ । नेपाल रहेक समूह सी मा अफगानिस्तान र भियतनामसँग छ । अफगानिस्तानले अप्रिल ५ मा भियतनामसँग खेलेपछि नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा भियतनामसँग खेल्नेछ । यी खेल दशरथ रंगशाला हुनेछ । 

    images

    प्रतियोगिताको तयारी अन्तर्गत भारतसँगको दुई मैत्रीपूर्ण खेलमा नेपाललाई प्रशिक्षक थापाले नेतृत्व गरेका थिए । 

    प्रारम्भिक टोली : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा ठोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरुका लिम्बु, अमृता जैशी, विमला चौधरी, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी ठोकर, पूजा राणा, दीपा न्यौपाने, सरस्वती ऐयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा कुमार चन्द, मन्जा कुमार गुरुङ , भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य

  • सम्बन्धित विषय:

  • # फुटबल