बुधबार, भाद्र २४ गते २०८३
images

म्यानचेस्टर सिटी एफए कपको अघिल्लो चरणमा

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 232
    SHARES
  • म्यानचेस्टर सिटी एफए कपको अघिल्लो चरणमा

    काठमाडौँ । म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले दुई गोल गरेका थिए भने केभिन डी ब्रुनेले एक गोल गरेका थिए ।

    images

    गएराती नै भएको अन्य खेलमा ब्राइटनले स्टक सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ भने ब्ल्याकबर्न रोभर्सले लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

    त्यस्तै फुलह्यामले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल