काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज फाइनल खेल हुँदैछ ।
साझ ५ बजेबाट दशरथ रंगशालामा हुने फाइनल खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब खेल्दै छन् ।
सातदोबाटोले विभागिय टोली त्रिभुवन आर्मीलाई पेनाल्टीमा हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मछिन्द्रले आयोजक केपी एफसीलाई एक शून्य गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
यस प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने छन् ।


