काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
साउदी प्रो लिगमा चार खेलमा ८ गोल र दुई गोल असिस्ट गरेका रोनाल्डोलाई फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको अवार्ड दिइएको हो ।
साउदी प्रो लिगमा अल नासर अहिले १८ खेलमा ४३ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ ।
रोनाल्डो गत जनवरीमा अल नासरमा आवद्ध भएका थिए । पोर्चुगलको दुखद विश्वकप बहिर्गमनपछि अल नासरमा आवद्ध भएका रोनाल्डोले अन्तत साउदी लिगमा आफ्नो लयमा आएका छन् । यस बिचमा उनले दुई ह्याट्रिक समेत गरेका छन् ।
रोनाल्डोले बार्षिक २०० मिलियन युरो पारिश्रमिक लिने गरि दुई बर्षका लागि अल नासरले भित्र्याएको हो । रोनाल्डोले अल नासरमा खेल्नुका साथै साउदी अरबको एम्बासडरको भूमिका पनि निभाइरहेका छन् ।


