बुधबार, भाद्र २४ गते २०८३
images

सातदोबाटोलाई पेनाल्टीमा हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 216
    SHARES
  • सातदोबाटोलाई पेनाल्टीमा हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

    काठमाडौं । सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

    images

    दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटोलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

    खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

    images

    पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे  ।

    सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

    उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसीसहित ८ टोलीको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल