आइतबार, कार्तिक १६ गते २०८३
images
images

किसान सुचिकरणका लागि छनोट भएका सहजकर्ताहरुलाई १ दिने तालिम सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 270
    SHARES
  • किसान सुचिकरणका लागि छनोट भएका सहजकर्ताहरुलाई १ दिने तालिम सम्पन्न

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका कृषि विकास शाखाले किसान सुचिकरण कार्यक्रमका लागि छनोट भएका सहजकर्ताहरुका लागि आयोजना गरेको १ दिने तालिम सम्पन्न गरेको छ । नगरपालिका अन्र्तगतका वडा नम्बर ११, १२ र १३ मा किसान सुचिकरणको लागी छनौट भएका सहजकर्ताहरुको लागी शनिबार मेलम्चीमा तालिम संचालन गरिएको कृषि शाखा प्रमुख अमरनाथ आर्चायले बताउनुभयो । 

    images

    किसान सुचीकरण पश्चात वास्तविक कृषकहरुको परिचय स्थापित गर्ने, नगरपालिकामा हाल भइरहेको कृषि तथा पशुपन्छीको यथार्थ जानकारी हासिल गरी आवश्यक निति तथा कार्यक्रम निर्माण गर्ने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हटाउदै सबै कृषकहरुलाई राज्यले प्रदान गर्ने सेवा तथा सुबिधामा पहुच पुर्याउन तथा बिभिन्न निकाय (संघ, प्रदेश र स्थानियतह) मार्फत प्रवाह हुने सेवा र सेवा प्राप्त गर्ने लाभग्राही सम्बन्धी विवरणहरु एकिकृत गर्दै अध्यावधिक गर्ने, कृषक बर्गिकरणको लागी आधार तथा आवाश्यक तथ्याङ्कहरु सहितको राष्ट्रिय र नगरपालिका स्तरीय तथ्याङ्क तयार गर्नुका साथै आगामि दिनमा कृषि क्षेत्रका सेवा सुविधाहरु किसान परिचयपत्रको आधारमा मात्रै उपलब्ध गराउने राज्यको निति भएकाले सोही अनुसार किसान सुचिकरणको अभियान थालिएको समेत उहाँले बताउनुभयो । कार्यक्रमका लागि छनौट भएका सहजकर्ताहरु ले फाल्गुन २८ गते देखी किसान सुचीकरण कार्य सुरु गर्नेछन् ।