बुधबार, भाद्र २४ गते २०८३
images

एसईईका विद्यार्थीलाई टेलिकमको अफरः निःशुल्क सिम, एसएमएस र डाटा प्याक

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 304
    SHARES
  • एसईईका विद्यार्थीलाई टेलिकमको अफरः निःशुल्क सिम, एसएमएस र डाटा प्याक

    काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि लक्षित गर्दै 'एसईई २०७९ अफर' ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिमका साथ 'बोनस अन रिचार्ज प्याक' उपलब्ध गराउने छ ।

    images

     चैत २४ शुक्रबारदेखि उपलब्ध हुने यो अफर तीन महिनासम्म सञ्चालन हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । यस्ताे सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुने बताइएको छ ।

    सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

    images

    नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् ।

    साथै एक महिनासम्म जम्मा ४० मिनेट अन-नेट कल गर्न, ६० एमबी डेटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

    यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी 
    डेटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डेटा, ६०० मिनेट टकटाइम र ३०० ओटा एसएमएसको सुविधा प्राप्त हुनेछ । 
     
    नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

    यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

    रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # NTC