आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेलम्ची ८ केउरिनीको प्रशासनिक भवन उद्घाटन

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 319
    SHARES
  • मेलम्ची ८ केउरिनीको प्रशासनिक भवन उद्घाटन

    मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । 

    images

    वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । नगरप्रमुख तामाङ्ले वडाका राजनीतिक दल,संघसंगठनका सबै मिलेर वडाको विकासको लागि साझा खाका बनाएर विकास निर्माणका काम गर्न आग्रह गर्नुभयो । निबर्तमान वडा अध्यक्ष ठंकराज गिरिको कार्यकालमा सुरुभएको भवन बर्तमान वडा अध्यक्ष जित बहादुर तामाङको कार्यकालमा सम्पन्न भएकोमा उहाँले दुवैजनालाई बधाई तथा सुभकामना ब्यक्त गर्नुभयो । सबैको साथ र सहयोगमा समृद्ध नगरपालिका र सुखी नगरबासि बनाउने भन्दै यो महान लक्ष्यलाई पुुरागर्ने दायित्व सबैको रहेको स्मरण गराउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले निर्धारित समय भन्दा केहि ढिला भएपनि वडा कार्यालयको भवन बनेकोमा वडा बासिलाइ आभार ब्यक्त गर्नुभयो । 

    उहाँले कार्यालयमा कतिपय काम बाकि रहेको र संरक्षणको काम गर्नपर्ने भन्दै ति कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । धितालले नागरिकको सहजताका लागि १३ वटै वडामा एकै प्रकारका कार्यालय भवन निर्माण गर्ने र जस्ले गर्दा सेवा प्रबाहमा सहज हुने बताउनुभयो । वडामा अपुग रहेको कर्मचारी पुर्ति गर्नका लागि नगरपालिकाले कर्मचारी ब्यबस्था गर्ने उहाँले जानकारी दिनुभयो । आगामि बर्षबाट स्वास्थ्य चौकिको सेवा समेत वृद्धि गर्ने योजना रहेको सुनाउदै अधिकृत धितालले तिर्न बाकी राजस्व तुरुन्त तिर्न आग्रह गर्नुभयो । 

    images

    उहाँले वडाको उठेको राजस्वको आधारमा आगमि बर्षबाट नगरले बजेट बिनियोजन गर्ने योजना रहेको सुनाउदै धेरै भन्दा धेरै राजस्व संकलन गर्न आग्रह गर्नुभयो । कार्यक्रमका सभापति एवम् वडा नम्बर ८का वडा अध्यक्ष जितबहादुर तामाङले गाउँका नागरिकहरु अहिले बढि महत्वाकांक्षी हुँदै गएको बताउनुभयो । उहाँले आफैंले गर्नसक्ने सानातिना काममा समेत परनिर्भर हुँदै गएको भन्दै यस्ता गतिविधिलाई तोड्नपर्ने बताउनुभयो । उहाँले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यस्लाइ पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो । 

    अध्यक्ष तामाङले बर्खाको समयमा पनि यातायात सहजरुपमा सञ्चालनका लागि दाउचेत,केउरिनि सडक स्तर उन्नतिका लागि आफुले पहल गरिरहेको बताउनुभयो । उहाँले मेलम्चीमा पुल नभएका कारण केउरिनि र दुवाचौर बासिले ब्यापक समस्या भोग्न पर्ने भन्दै पुल निर्माणका लागि प्रदेश र केन्द्रमा पहल गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

    वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई हाम्रा गाउँमा बनेका यस्ता पक्की र सुन्दर भवनले मूर्तरुप दिएको दावि गर्नुभयो । उहाँले नागरिक हरुलाइ दिने सेवा सुविधामा समेत सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । निवर्तमान वडा अध्यक्ष ठंकराज गिरीले सुन्दर भवन बाट सुन्दर सेवा वडा बासिले पाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले जुन उत्सुकता र खुशियालिमा वडा बासिको उपस्थिति हुनुपर्थ्यो त्यो अनुसार नभए पनि एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै खुशि ब्यक्त गर्नुभयो । १ करोड ४२ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची