बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

एक्सप्रेस पाना
बैशाख ९, २०८० शनिबार
  • 251
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मरक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ । 

    images

    आज एक खेल च्यासल रंगशालामा र दुई खेल दशरथ रंगशालामा हुनेछ । 

    दिउँसो २ बजेबाट सुरु हुने च्यासल रंगशालामा साविक विजेता मछिन्द्र क्बले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । जारी सिजन १० खेलबाट १३ अंक बनाएको मछिन्द्र ८औं स्थानमा रहेको छ भने समान खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा रहेको छ । 

    images

    यस्तै आज सोहि समयमा दशरथ रंगशालामा हुने खेलमा मनाङ मर्याङदी क्बलले एफसी खुमलटारसँग खेल्नेछ । जारी सिजन १० खेलबाट १५ अंक बनाएको मनाङ छैटौंद स्थानमा रहेको छ भने समान खेलबाट १० अंक बनाएको खुमलटार १२औं स्थानमा रहेको छ । 

    आजै साँझ ६ बजे हुने खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्बलले दोस्रो स्थामा रहेको चर्च ब्वाईज युनाइटेडको सामना गर्नेछ । जावलाखेल आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा स्पष्ट ५ अंकको अग्रता बनाउने दाउमा रहेको छ । १० खेलबाट जावलाखेलको २० अंक रहेको छ भने समान खेलबाट चर्चको १८ अंक रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल