बुधबार, भाद्र २४ गते २०८३
images

संकटालाई थ्री स्टारले ३-० गोलले हरायो

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 175
    SHARES
  • संकटालाई थ्री स्टारले ३-० गोलले हरायो

    काठमाडौं । राजधानीमा जारी यस सिजनको स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ ।

    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई ३-० गोल अन्तरले हराउँदै थ्री स्टारले छैटौं जित निकालेको हो ।

    थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुई गोल गरे भने सन्तोष शाहुखलले एक गोल थपे ।

    images

    पहिलो हाफको खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    यस्तै खेलको ४६औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।

    च्यसपछि खेलको ५१औं मिनेटमा मार्टिन्स पेनाल्टीमा चुक्दा ह्याट्रिक पूरा गर्न चुके । उनले पेनाल्टीमा बाहिर प्रहार गरे । आदित्य शाक्यको प्रहार संकटाका कप्तान कुलदीप कार्कीले हातले रोकेपछि थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो ।

    खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाए ।

    उक्त जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारले ११ खेलमा २१ अंक जोडेको छ । यता पराजित संकटाले भने समना ११ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल