बुधबार, भाद्र २४ गते २०८३
images

खुमलटारमाथि एनआरटीको पुनरागमन जित

एक्सप्रेस पाना
बैशाख २९, २०८० शुक्रबार
  • 181
    SHARES
  • खुमलटारमाथि एनआरटीको पुनरागमन जित

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत न्यु रोड टिम (एनआरटी)ले एफसी खुमलटारमाथि शानदार पुनरागमन जित निकालेको छ ।

    images

    शुक्रबार दशरथ रंगशालाम भएको दिनको अन्तिम खेलमा एनआरटीले खुमलटारलाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।

    एनआरटीले पहिलो हाफमा २-० ले पछि परेको खेलको दोस्रो हाफमा ३ गोल गरेको हो ।

    images

    एनआरटीका लागी विक्रम धिमाल र निकोलस सङ्गले समान १/१ गोल गर्दा १ गोल आत्मघाती उपहार पायो । 

    यता खुमलटारका लागि स्टेफन समिर विनोङ र राजिव लोप्चनले समान १/१ गोल गरे ।

    उक्त जितसँगै एनआरटी १७ खेलमा २१ अंकका साथ नवौ स्थानमी उक्लिएको छ । पराजित खुमलटार १७ खेलमा १७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल