भदौ २९ काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताकोे तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८दशमलव ५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । सोमबार ९ अर्ब २९ करोड बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
.jpg)


