आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहानै किन नुहाउने ?

एक्सप्रेस पाना
जेठ १८, २०८० बिहीबार
  • 1.1K
    SHARES
  • बिहानै किन नुहाउने ?

    हरिप्रसाद सोडारी/  दैनिक बिहान ४ बजे सुर्योदयभन्दा दुई घण्टाअघि नुहाएर नियमित रूपमा पूजापाठ, अध्ययन र उपासना गर्ने हाम्रो संस्कार हो । वैदिक ग्रन्थहरूले स्नान नुहाएपछि धर्म र कर्म गर्नुपर्ने बताएका छन् । 

    images

    सम्भव भए प्राकृतिक ताल–पोखरी, नदीनालामा नुहाउनु सर्वोत्तम हुन्छ । सुर्योदयपुर्व असक्त र बालकबाहेक अरूले नुहाउनै पर्ने चलन थियो । नुहाएर मन्त्र जपी ल्याएको पानीले पकाएको खानामात्र देवीदेवता, पितृ र अग्रजलाई दिन्थे । बिहानको स्नानले रूप, तेज, बल, पवित्रपन, आयु, स्वास्थ्य, निर्लोभी, तपशील, तीक्ष्ण बुद्धि प्राप्त हुनका साथै नराम्रा सपनाका प्रभावहरू निमुर्ल हुन्छन् । नुहाउन नसक्दा पनि तीर्थस्थल सम्झनु, देवस्थलको पानी छर्कनु, कुश–जौ–तिल वा सुनपानीले शुद्धीकरण गर्नुपर्छ । नुहाउँदा उमेर, समय, स्थान, शारीरिक अवस्था आदिलाई ध्यान दिनुपर्छ । दक्षस्मृतिमा भनिएको छ ।

    अत्यन्तमलिनः कायो नवच्छिद्रसमन्वितः ।
    स्रवत्येष दिवारात्रौ प्रातः स्नानं विशोधनम् ।।

    images

    अर्थात्, “शरीरका नौ वटा (कान, नाक र आँखाका २ वटा, मुख, दिसा र पिसाबका छिद्र (प्वाल) बाट अहोरात्र पसिना, दिसा, पिसाबलगायतका मलहरू निस्केर शरीर गन्धमय र मलिन बन्दछ । बिहानै स्नान गर्नाले शरीर शुद्धी हुन्छ ।” प्रकृति, पानी आदिको स्पर्शले शरीरलाई स्फुर्त, ऊर्जाशील र बलियो बनाउँछ । केही वर्षअघिसम्म खरानीपानी, रातोमाटो, गिठ्ठाका बोक्रा, तीतेपाती, चन्दन, तुलसीलगायतलाई नुहाउनमा प्रयोग गरिन्थ्यो । यसले छालालाई उज्यालो, पुष्ट र निरोगी बनाउँछ । साइडइफेक्ट गर्दैन, खेर जाने प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी आर्थिक भार घटाउँछ ।

    स्नानमुलाः क्रियाः सर्वाः नुतु तिस्मृत्यु दिता नृणाम् । तस्मात् स्नानं निषेवेत तुलसी पुष्ट्यारोग्यवर्धनम् अर्थात्, “वेद, स्मृति आदिले नुहाउन विशेष जोड दिएका छन् । त्यसकारण धन, पुष्टि र आरोग्य चाहनेले नित्य नुहाउनुपर्छ ।” रौँ र चेपबाट पसिनासहित अनेकौँ विकारहरू गएर रगत र शरीरलाई स्वच्छ बनाउँछ । पसिनामा धुलाका कणहरू टाँसिएर प्वालहरू थुनिए अनेकौँ रोगहरू लाग्न सक्छन् । रोगले शरीर, विचार र मानसिक शक्तिमा आघात गर्ने भएकाले बिहानै प्राकृतिक पानीले स्नान गर्नु सर्वोत्तम हुन्छ । नेपालका केही स्थानमा अद्भुत ऊर्जा र औषधिजन्य पानीका स्रोत पाइन्छन् । जसले रोगमात्र हटाउँदैन आध्यात्मिक लाभसमेत दिन्छ । शास्त्रहरूले असल कार्यबाट कर्म, सत्य बोलेर वाणी, असल चिन्तनले विचार, ब्रचर्यको पालनबाट स्वास्थ्य श७३घढसद्ध गर्नुलाई नुहाउनु मान्दछन् ।

    मान्यं भौमं तथाग्ननेयं वायव्यं दिव्यमेव।

    ज्ञ गुणा दश स्नानकृतो हि पुंसो रूपं च तेजश्च बलं च शौचम् ।
    आयुष्यमारोग्यमलोलुपत्वं दुस्वप्ननाशं च तपश्च मेधा ।।–विश्वामित्रस्मृति ९१.८६०

    वारुणं मानसं चैव सप्त स्नानान्यनुक्रमात् ।।

    अर्थात्, “मन्त्रस्नानआपो हिष्ठालगायतका मन्त्र स्मरणसहित नुहाउनु, भौमस्नान (माटोले), अग्निस्नान (भस्मले), वायव्यस्नान (गौखुरको माटोले), दिव्यस्नान (घाम लाग्दा पानी परे), वारुणस्नान पानीमा डुबेर, मानसिकस्नान (परमात्मा वा तीर्थस्थललाई स्मरण) गर्नु ।” विभिन्न पक्षलाई ध्यान दिई शास्त्रहरूले फरक–फरक तरिकाले नुहाउनुपर्ने बताएका छन् । 

    वृद्ध अवस्था, रोगी शरीर, पानीको अभाव भए कपडा भिजाएर पुच्छने, मानसिक वा मन्त्र स्नान गर्ने, देवीदेवता र तीर्थस्मरण, मन्त्र उच्चारणले शरीरमा शक्ति, विचारमा ऊर्जा एवं दिमागलाई ताजा बनाउँछ, त्यसकारण वेदका मन्त्रलाई अमृत भनिन्छ । नुहाउनको अर्थ शरीरलाई ऊर्जावान्, मनलाई सकारात्मक, बुद्धिलाई तीक्ष्ण बनाउनु हो । शरीरलाई पानीले पखाल्नुलाई मात्र नुहाउनु भनिँदैन । शारीरिक र मानसिक पवित्रता नै नुहाउनुको उद्देश्य हो । पवित्र हुन भनेकै योग्य बन्नु हो । 

    मन्त्र जप, सुर्य दर्शन, बिहानै हात हेर्दा, पृथ्वीलाई ढोग्दा, स्तोत्र आदि पाठ गर्दा तन र मन पवित्र हुन्छन् । असक्त भए पनि मृतक, अशुद्ध वस्तुहरू छोइए वा खाएमा अनिवार्य नुहाउनु पर्छ । अध्ययन, अध्यापन, साधनाको समयमा शरीरको ऊर्जालाई विशेष ध्यान दिनुपर्छ । मानसिक समस्या, निद्रा नलाग्ने, छटपटी भइरहनेले दैनिक नुहाउँदा वा खुट्टालाई पानीमा डुबाउँदा स७३घढसधार आउँछ । सुत्नु भनेको रिचार्ज हुनु हो । मृत्युको भाइलाई निद्रा भनिन्छ, जसले शरीरलाई अशुसद्ध बनाउँछ । बिहानै नुहाउँदा पानीमा बस्ने विभिन्न देवीदेवताले शारीरिक र मानसिक रूपले मानिसलाई सबल बनाइदिन्छन् ।

    जलस्नानं मलत्यागे भस्मस्नाने सदा शुचिः ।
    मन्त्रस्नाने देहत्पापं ज्ञानस्नाने परं पदः ।।

    अर्थात्, “दिसा–पिसाबपछि पानीले नुहाउँदा शरीर सफा हुन्छ, भष्म (खरानी)ले नुहाउँदा शुसद्ध हुन्छ, मन्त्रको जप गरेमा (मन्त्रले नुहाएमा) शरीरले गरेको पाप नष्ट हुन्छ, ज्ञानले नुहाएमा मोक्ष प्राप्त हुन्छ ।” मन र शरीरले विभिन्न कार्य गर्दा थाक्छन्, दुषित हुन्छन्, कमजोर बन्छन् । यिनीहरूलाई प्रबल बनाउन दर्शन, स्पर्शन, स्मरण, स्नानको आवश्यक पर्छ । नीतिज्ञ विदुरले भनेका छन्मृ-जया रक्ष्यते रूपम् ‘सफाईले रूप (शरीरको) रक्षा गर्दछ । 

    नुहाउन नपाउँदा शरीरमा आलस्य आउँछ, नुहाउने बित्तिकै गह्रौँ भारी बिसाए जस्तो लाग्छ । महर्षि कात्यायनले भनेका छन्– ‘जो दैनिक सन्ध्या गर्दछ र स्नानशील (नुहाउने आदत) छ भने त्यसको छेउमा गरुडनजिक सर्प नगएजस्तै दोषहरू आउँदैनन् । अध्ययन, साधना र रोग निवारणका लागि नुहाउन आवश्यक छ । गाईको गोबर, तिलको पिना, प्राकृतिक माटो र पानीले नुहाउँदा कपाल, छालालगायतक रोग लाग्न दिँदैन । अनेक साबुन, स्याम्पुले सुगन्ध दिलाउँछ, छोटो समय छाला चम्काउँछ तर जडीबुटीले जस्तो दीर्घकालसम्म टिकाउन सक्दैन । नुहाएपछि खस्रो कपडाले जीउ पुछ्दा रक्तसञ्चार गराउन र छालामा चेतना ल्याउन सहयोग गर्दछ । स्नान एक प्रकारको मानसिक एवं शारीरिक खुराक हो अर्थात् थेरापी हो । शक्ति आउने हुँदा अनसन एवं व्रत बस्नेले नुउँदा तुरुन्तै शरीरलाई असर गर्दैन ।

    प्रत्युषकाले परिहृत्य शयां परिभ्रमन् क्षिप्रपदं समन्तात् ।
    करोति यः शुद्धसमीरसेवां विवर्धते स्वास्थ्यमतीव तस्य ।।

    अर्थात्, “सुर्योदय पहिले ओछ्यान छोडेर शुद्ध हावा भएको क्षेत्रमा छिटो गतिले हिडेर जसले शुद्ध वायुको सेवन गर्दछ, त्यसको शारीरिक र मानिसक स्वास्थ्य राम्रो हुँदै जान्छ ।” बिहानै नुहाए घाम ताप्दा शरीर स्फुर्त हुन्छ, निद्रा भगाउँछ, थकाई पखाल्छ, आलस्य डढाउँछ अनि मानिसलाई ऋषिमुनि बन्न प्रेरित गर्छ, देवकर्ममा लाग्न मार्ग प्रशस्त गर्छ । शरीर तातिएको बेला, अस्वस्थ हुँदा, सुत्ने बेलामा नुहाउनुहुँदैन । पुर्खाको परम्परा, शास्त्रको निर्देशन, विज्ञानका प्रमाणले प्रातःस्नानलाई यसकारण जीवनको एक नियम बनाउन प्रेरित गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # हरिप्रसाद सोडारी