आइतबार, भाद्र २८ गते २०८३
images

गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 273
    SHARES
  • गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

    सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्र्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उहाँको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहनेछन् ।