शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ २२, २०८० शुक्रबार
  • 375
    SHARES
  • आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    जसको प्रभावले हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

     कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले छ। 

  • सम्बन्धित विषय:

  • # मौसम