शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण १, २०८० सोमबार
  • 337
    SHARES
  • आजको मौसम :  यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको  सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    images

    त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। 

  • सम्बन्धित विषय:

  • # मौसम