असोज १ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १४ सयले घटेर प्रतितोला ८९ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोला ९० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेर प्रतितोला ११७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


