शनिबार, भाद्र २७ गते २०८३
images

गलत प्रश्न सोधिएको विषयमा त्रिविले छानबिन गर्ने

एक्सप्रेस पाना
श्रावण १०, २०८० बुधबार
  • 326
    SHARES
  • गलत प्रश्न सोधिएको विषयमा त्रिविले छानबिन गर्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार सञ्चालन गरेको स्नातक तह तेस्रो वर्षको परीक्षामा भएको त्रुटिबारे छानबिन गर्ने भएको छ ।

    images

    सोमबार बीए तेस्रो वर्षको 'इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट' विषयको परीक्षा भएकामा 'हिस्ट्री अफ मर्डन इन्डिया' विषयको प्रश्नपत्र बाँडिएको थियो ।

    परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्ति जारी गर्दै यस विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने र आगामी दिनमा यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता जनाएको हो ।

    images

    अर्कै विषयको प्रश्नपत्र बाँडिएको थाहा भएपछि धेरै परीक्षाकेन्द्रमा विद्यार्थी परीक्षा दिन तयार नभएपछि सबै केन्द्रमा अर्को प्रश्न पठाएर परीक्षा सम्पन्न गरिएको थियो ।