आइतबार, भाद्र २८ गते २०८३
images

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा!

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 495
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा!

    राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    images

    केहीबेर आगाडी बसेको  बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।

    वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।

    images

    प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

    यसरी हेर्नुहोस् नतिजा

    नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ।